तपाईँ सुन्दै हुनुहुन्छः

घोडेपानीमा मगर जीवनशैली र संस्कृति झल्कने सङ्ग्रहालय (फोटोफिचर)

म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीमा मगर संस्कृति र जीवनशैली झल्कने मगर सङ्ग्रहालय स्थापना गरिएको छ । 

प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरी घोडेपानीका होटल व्यवसायीहरूको सक्रियतामा सङ्ग्रहालय स्थापना गरिएको हो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटल व्यवसायी आमाहरूद्वारा सञ्चालित सङ्ग्रहालयमा मगर जातीय पहिचान झल्कने कपडा, भाँडाकुँडा, कृषि औजार, पुराना सिक्का, रुपैयाँ, भाङ्ग्रा, बाबु बाजेले प्रयोग गर्दै आएका पुराना मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडा लगायत मगर जातिले परम्परादेखि प्रयोग गर्दै आएका सम्पूर्ण सामग्री राखिएका छन् ।

सङ्ग्रहालयमा मगर समुदायको जन्मदेखि मृत्युसम्मका दैनिक जीवनमा प्रयोग हुने सामानहरू राखिएको घोडेपानी होटल व्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले जानकारी दिनुभयो । 

पर्यटकीय स्थल पुनहिलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीमा सुविधा सम्पन्न होटेलहरू विस्तार भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button