ट्याक्टरले किचेर एक जनाको मृत्यु
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–४ का ३५ वर्षीय कृष्णकुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार खेत जोतिरहेको बेला ट्याक्टर पल्टिँदा किचिएर उनको मृत्यु भएको हो ।
घटना भएको खबरपछि स्थानीयले उद्धार गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्