तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली च्याउ खाएर बिरामी परेकी बालिकाको मृत्यु

दाङ । बंगलाचुलीमा जङ्गली च्याउ खाएर बिरामी परेकी बालिकाको मृत्यु भएको छ । 

जङ्गली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका – ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको उनका हजुर बुवा दिनेश नेपालीले जानकारी दिनु भयाे ।

उहाँका अनुसार अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि थप उपचारका लागि बुटवल लगेकोमा उतै मृत्यु भएको हो ।

मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको पाइएको छ । उहाँको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button