तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा एक वर्षमा हराए १ सय ३२ जना 

सुनसरी । सुनसरीमा एक वर्षमा १ सय ३२ जना मानिस हराएर बेपता भएका छन् । 

आर्थिक वर्ष २०७९÷०८०मा ६ सय २४ जना मानिस हराएका थिए भने यो वर्ष ४ सय ९२ जना फेला परेका छन् । हराएका मध्ये  अझै १ सय ३२ जना अझै बेपता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले विभिन्न उमेर समूहका व्यक्तिहरू हराएको निवेदनको आधारमा खोज तलास गर्दा  चार सय ९२ जना फेला परे पनि १ सय ३२ जना अझै बेपत्ता रहेको जानकारी दिनुभयो । 

उहाँले हराउने फेला पर्ने मात्रै नभई  जिल्लामा आएको एक हजार १३ थान निवेदन मध्ये ६ सय ५२  उजुरीको सहमतिमा मेलमिलाप गराएको र ६ जना सम्बन्धित निकायमा गएको जानकारी दिनुभयो । उहाँले २ सय ४९ वटा निवेदन माथि निरन्तर सुनुवाई भइहरेको  ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button