आँखा पाक्ने रोगीलाई बागलुङ जिल्ला प्रशासन आउन रोक
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेकाे छ ।
आँखा पाक्ने रोग फैलँदै गए पछि प्रशासन कार्यालयले आँखा पाक्ने रोग लागेको समयमा आफु र अन्य व्यक्तिलाई पनि सजिलै सर्ने र सोही समय नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाईसमेत डर हुने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन अनुराेध गरेकाे हो । प्रशासनले जिल्लाका स्थानीय तहहरूलाईसमेत सूचना गर्न भनेको छ ।
प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेकाे बताउनुभयाे । सर्वसाधारणले भने प्रशासनले सेवा लिन नआऊ भन्नु गलत भएको टिप्पणी गरेका छन् ।
आफुसँग साथीहरू पनि ल्याउनु हुन्छ ‘आँखा पाकेका बेला फोटो पनि राम्रो आउँदैन, राहदानी र नागरिकतामा चस्मा लगाएको फोटाे राख्न मिल्दैन’ एप्सले पनि काम नगर्ने भएकाले यस्ताे अनुराेध गर्नु परेकाे प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
‘सबै नागरिकको स्वास्थ्य सुरक्षा गर्न पनि श्रेष्ठले आग्रह गर्नु भयो ।’ प्रशासनले सेवा प्रवाह गर्ने क्रममा सेवा दिने व्यक्तिलाई समेत आँखा पाक्ने रोग लागेको हुँदा यो सूचना जारी गर्नु भएको प्रजिअ श्रेष्ठको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्