तपाईँ सुन्दै हुनुहुन्छः

अमृता मृत्यु प्रकरण : हत्या आशङ्कामा एक जना पक्राउ 

डडेलधुरा । डडेलधुराको परशुरामकी अमृता राउटेको हत्या आशङ्कामा एक जना पक्राउ परेका छन्। । 

परशुराम १२ आमपानी बस्ने १४ बर्षिया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधवार मृत फेला परेकी थिइन्। । 

मङ्गलवार दिउँसो अन्य साथीहरूसँगै माछा मार्न भनी खोलामा गएकी अमृता अबेरसम्म घर नआउँदा खोजी कार्य गरिएको थियो ।

“अमृतासँगै माछा मार्न गएका अरू समयमै घर आएका थिए । एक जना बालक खोलामा अन्तिम समयसम्म सम्पर्कमा रहेका थिए । जसलाई हामीले नियन्त्रणमा लिएका छौँ । नियन्त्रण गरिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय गोप्य राखिएको छ ।” –इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गङ्गा दत्त बडुले भन्नुभयो । पक्राउ पर्नेमा राउटे समुदायकै रहेको उहाँले बताउनुभयो  ।

प्रहरीले शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button