तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

तुलसीपुर (दाङ) । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ  । 

दाङको लमहीस्थित जैविक विविधता ग्रिन पार्कको अवलोकन गर्दै उहाँले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“आन्तरिक आय बढेमा सङ्घीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।” उहाँले यस्ता उद्यान आम्दानीको स्रोत बन्न सक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रूपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताउनुभयो । 

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले उद्यानलाई पर्यटकीय स्थल तथा विद्यार्थीको सिकाइ थलोका रूपमा पनि अगाडि बढाउन सकिने बताउनुभयो । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताउनुभयो ।

सोही ठाउँमा ३० बिघा जग्गा छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button