आँखै लोभ्याउने प्राकृतिक फूलहरू (फोटो फिचर)

रुकुम पश्चिम । फुल देखेपछि सबैको मन हुरुक्क हुन्छ । चुमौँ चुमौँ र शिरमा सिउरी दिऊँ कि भन्ने मात्र लाग्दैन फुलको वरिपरि डुलिरहेका माहुरी पुतलीको दृश्य अवलोकन गरिरहूँ पनि लाग्छ । कार्यालय, घर तथा अन्य फन पार्कहरूमा सुन्दर वातावरण बनाउन पछिल्लो समय फुल खेती गर्ने गरिएको छ ।
बेमौसमी र रङ्गीचङ्गी फुलहरूले त्यहाँ पुग्ने जो कोहीको फुलहरूले ध्यान तान्छ । खेती गरेर आफ्नो घर, विद्यालय, कार्यालय र अन्य स्थानहरूमा फुल्ने फुलहरूको छुट्टै कुरा रुकुम पूर्व र पश्चिमका जङ्गलहरूमा प्राकृतिक रुपमा नै फुल्ने फुलहरूले यात्रा क्रममा सबैको मनमा उमङ्ग छाइदिन्छ । क्यामरा, मोबाइलहरू भएकाहरू फुलतिर गएर तस्बिर लिन र त्यस्ता साधन नहुनेहरूको पनि आँखा फुलफुलमा डुलाउन बाध्य बनाउँछ ।

साउनदेखि कार्तिक सम्म यस्ता विभिन्न प्रकृति र रङ्गका फुलहरू बढी फुल्ने गरेका भएपनि अन्य समयमा पनि हुन्छन् । रुकुम पश्चिमको तुलनामा रुकुम पूर्व यस्ता प्राकृतिक फुलहरू बढी फुल्छन् । हेर्नुहोस् रुकुम पूर्व र पश्चिमका प्राकृतिक रुपमा पाईने केही फुलहरू ।














प्रतिक्रिया राख्नुहोस्