टिकौली जङ्गलमा ८ वटा सवारी आपसमा ठक्कर खाँदा २० जना घाइते

चितवन । टिकौली जङ्गलमा ८ वटा सवारी आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन् । गैडाकोटको अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका हुन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ११ः४० बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट शव बोकेर देवघाटतर्फ जाँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरका मोटरसाइकलहरू, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरूलाई एकैचोटी ठक्कर दिएको हो ।
प्रहरीले कलेज बस चालक नवलपुर गैँडाकोट नगरपालिका–९ बस्ने बर्ष २६ को आशिष परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेहरूको चितवनका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।











प्रतिक्रिया राख्नुहोस्