बागलुङमा आँखा पाक्ने रोगको प्रकोप
बागलुङ । ताराखोला गाउँपालिका आँखा पाक्ने रोग एडिनो भाइरसले प्रभावित बन्दै गएको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिकामा २ गाउँपालिकाको भन्दा बढी आँखा पाक्ने संक्रमित भेटिएका छन् ।
गलकोट नगरपालिकामा हालसम्म १ सय २४ जना पुरुष र १ सय ३२ जना महिलामा यो रोग देखा परेको स्वास्थ्य शाखा प्रमुख सुुशिल पौडेलले जानकारी दिनुभयो ।आँखा पाक्ने रोगको प्रकोप बढेसँगै यहाँका विद्यालय बन्द गरिएका छन् ।
काठेखोला गाउँपालिकामा अहिलेसम्म ८० जनामा यो समस्या देखिएको छ ।
ताराखोला गाउँपालिकाको ५ वटा वडामा २१ जनामा यो रोगले समस्या देखिएको स्वास्थ्य प्रमुख उदित कुमार थापाले जानकारी दिनु भयो ।
बागलुङ नगरपालिकामा निजी र सरकारी अस्पतालमा दिनमा ५० जना चेक गर्न आउने र त्यी मध्ये केहीमा समस्या देखिने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनु भयो ।
बागलुङ नगरपालिकाले पनि आँखा पाक्ने रोगका कारण निजी तथा सरकारी शिक्षण संस्था बन्द गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्