तपाईँ सुन्दै हुनुहुन्छः

मिल्क करीडोर बनाउँदै रोल्पा नगरपालिका

रोल्पा । रोल्पा नगरपालिकाले किसान र कृषकलाई प्रमुख प्राथमिकतामा राखेर मिल्क कोरिडोर बनाउदैछ । 

लिबाङ बजारलाई केन्द्र बिन्दुमा राखेर पूर्वको खुमेलदेखि पश्चिममा कोटगाँउसम्म समेट्ने गरी मिल्क करीडोर बताउन लागिएको हो । 

कृषिमा आत्मनिर्भर नगरवासी बनाउने अभियान स्वरूप विभिन्न प्याकेजहरू अघि सारिरहेको नगरपालिकाले यही आर्थिक वर्ष २०८० ÷०८१ मा शुरुवात गर्न लागेको मिल्क कोरिडोर छिट्टै सञ्चालनमा ल्याउने तयारी  नगरपालिकाको छ ।

रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले बाह्रै महीना यातायातका साधन चल्ने गरी रोल्पा नगर पालिकाको वडा नम्बर १ को बामरुक, २ को रेउघा र ७ को माडीचौर , कोटगाउलाई छोएर मिल्क कोरिडोरको बाटो बनाउन लागिएको बताउनुभयो । उहाँले करिडोरमा  वडा नम्बर ३ को खुमेल , सातदोवाटो तथा वडा नम्बर ४ को लिबाङ ,गुरुङगाँउलाइ पनि समेटिने बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर १,२ र ७ का किसानलाई ५० प्रतिशत अनुदानमा यस पटक जर्सी गाई वितरण गर्ने तयारी गरेको छ  ।  अघिल्ला आर्थिक वर्षहरुमा नगरपालिकाले  ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ र ४ का किसानलाई मुर्रा भैँसी वितरण गरी सकेको  छ ।

नगरपालिकाको दूध सङ्कलन केन्द्र (डेरी)मा गुणस्तरीय दूध ल्याउने किसानहरूलाई  प्रोत्साहनस्वरुप १ लिटर दूधमा ५ रुपैयाँ बोनस दिने गरेको छ ।  त्यसैगरी नगरपालिकाको तरकारी हाटबजारमा तरकारी ल्याउने कृषकहरूलाई पनि प्रतिकिलो ५ रुपैयाँ बोनस दिने र उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने योजना अघि सारेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button