सरकारद्वारा भू-उपयोग नियमावली स्वीकृत
काठमाडौँ । सरकारले भू-उपयोग नियमावली स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले भू-उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

स्वीकृत भू-उपयोग नियमावलीले जग्गाको कित्ताकाट र नामसारीमा रहेका समस्या समाधान गर्ने सरकारको विश्वास रहेको मन्त्री ज्वालाले बताउनुभयो ।
यस्तै मन्त्रीपरिषद् बैठकले गोरखामा भेटिएको बहुमूल्य पत्थरलाई गोरखा दरबारमा राख्ने निर्णय गर्नुका साथै सो बहुमूल्य पत्थर संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै पुरस्कृत गर्ने निर्णय गरिएको पनि मन्त्री ज्वालाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्