तीन दिनदेखि अवरुद्ध भएको पश्चिम रोल्पाको बिद्युत् भोलीबाट सञ्चालन हुने

रोल्पा । निरन्तरको अविरल वर्षाको कारणले पहिरो सङ्गै रुख ढल्दा बिगत ३ दिन देखी पश्चिम रोल्पाको बिद्युत् अवरुद्ध भएको छ । अवरुद्ध भएको बिद्युत् सुचारु गर्ने काम भइरहेको भएतापनी भोलीबाट मात्र पूर्णरुपमा सुचारु हुने नेपाल बिद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले बताएको छ ।
रोल्पा नगरपालिका वडा. नंम्वर ७ कोर्चबाङको सिमखेत क्षेत्रमा पहिरो सङ्गै ढलेको रुखले ३३ के.भि प्रसारण.लाइनको ७ वटा पोलहरू भाँचिए पछि तारहरू चुँडिँदा केही तारहरू माडीखोलाले बगाएर क्षति पुर्याएको छ भने पोल गाड्ने र तार टाङ्ने काम अप्ठ्यारो भूगोलका कारण छिटो छिटो काम हुन सकेको छैन रोल्पा वितरण केन्द्रका प्राविधिक भक्त बहादुर बिष्टले बताउन भयो ।

उक्त लाइन बाट प्रसारण हुने माडी गाउँपालिका, परिवर्तन र थवाङ गाउँपालिका क्षेत्रहरूमा विद्युत् अवरुद्ध भएको हो । बिद्युत् अवरुद्ध हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । बत्ती बाल्न, टीभी, रेडियो, इन्टरनेट चलाउन र मोबाइल चार्ज गर्न लगायत अन्य कामको लागि बिद्युत् उपभोग गर्नबाट बञ्चित भएका हुन् ।
रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले आफु प्राविधिक कर्मचारी सहित प्रत्यक्ष फिल्डमा खटिएको बताउनुभएको छ । तीन दिनदेखि पहिरो र रुखले पोल र तारहरूमा क्षति पुर्याएर अवरुद्ध भएको बत्ती चाँडो भन्दा चाँडो सुचारु गर्ने गरी काम तीव्र रुपमा भइरहेको शाहले बताउनुभयो । आज साँझसम्म काम नसकिएमा आंशिक बत्ती बाल्ने र भोलीबाट पुर्णरुपमा बत्ती बाल्ने कार्यालय प्रमुख शाहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्