जङ्गली च्याउ खाँदा दाङमा एकै घरका तीनजना बिरामी

दाङ। दाङमा जङ्गली च्याउ खाँदा एकै घरका तीनजना बिरामी परेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका हुन् । च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैकुटीमा बस्तै आएका ३१ वर्षका अजय सुनार , २७ वर्षिया ईश्वरी सुनार र उहाँहरूका ११ वर्षकी छोरी अस्मिता सुनार जङ्गली च्याउ खाँदा बिरामी पर्नुभएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा रहेको भित्ताला भन्ने जङ्गलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उहाँहरू बिरामी पर्नुभएको हो । बिरामी परेकाहरूलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । बिरामीहरूलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लगि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनीहरूले जङ्गली च्याउ २८ गते साँझ खाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्