तपाईँ सुन्दै हुनुहुन्छः

भत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता

बाजुरा । बाजुरामा वृद्ध भत्ता बुझेर घर  फर्किँदै गरेकी एक वृद्धा खोलाले बगाएर बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर  १ मुक्तिकोट गाउँकी ६५ बर्षिया गआ बिक रहेकी छन् ।

स्वामिकार्तिक खापर गाउँपालिका नजिकै रहेको  हिमाली बैङ्कमा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा  रूडी खोला तर्ने क्रममा बिक बगेर बेपत्ता भएकी मुक्तिकोट प्रहरी चौकीले  जनाएको छ । निरन्तरको बर्षाले रुडी खोला उर्लेर आएको र बाढी आएकै बेला खोला तर्न जांदा बिक बगेर बेपत्ता भएकी स्थानीय सुरेश बिकले बताउनु भयो। 

बेपत्ता वृद्धाको कोल्टी र मुक्तिकोट प्रहरी चौकीको टोलिले खोजी कार्य गरिरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनु भयो।

पहिरोले थिलथिलो बनाएको रुडि खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नै पर्ने बाध्यतामा साप्पाटा क्षेत्रका स्थानीय रहेका छन्। जोखिम धेरै बढ्न थालेकाले रुडि खोलामा पुल निर्माणका लागि काम शुरु गरिसकिएको स्वामिकार्तिक  खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनु भयो। बाजुरामा हिजो मात्रै एकजनाको भिर बाट लडेर मृत्यु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button