तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदिले सतर्कता तह पार ग-यो

टीकापुर कैलाली। कैलालीमा कर्णाली नदिले सतर्कता तह पार गरेको छ । कर्णाली चिसापानीमा बिहान ८ बजेको रेकर्ड अनुसार पानीको सतह ९ मिटर ५० सेन्टिमिटर पुगेको छ । बिहानै देखि कर्णाली नदिमा पानीको सतह बढिरहेको छ ।

बिहान ४ बजेको रेकर्ड अनुसार ९ मिटर ३२ सेन्टिमिटर रहेको पानीको सतह ८ बजे १८ सेन्टिमिटर बढेर ९ मिटर ५० सेन्टिमिटर पुगेको कर्णाली चिसापानीकी गेज रिर्डर पार्वती गुरुङले जानकारी दिनुभयो ।

कर्णाली चिसापानीमा पानीको सतह ९ मिटर पुग्नुलाई सतर्कता, १० मिटरलाई तयारी र १० मिटर ८० सेन्टिमिटर पुग्नुलाई खतराको तह मानिन्छ । नदिमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई सतर्कताका साथ बस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button