तपाईँ सुन्दै हुनुहुन्छः

म केवल विकासका लागि जनतामाझ आएको हुँ : बिनोद चौधरी

नवलपरासी।पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का सङ्घीय सांसद बिनोद चौधरीले नवलपरासीका जनताले आफूलाई विकासका निम्ति जिताएको बताउनु भएको छ ।आफू माथि युवा शक्तिको ठूलो आशा रहेको बताउँदै चौधरीले यस क्षेत्रको सर्वङ्गिण बिकास आफ्नो जिम्मेवारी रहेको उल्लेख गर्नु भयो ।

आम मतदाता भेटघाटका निम्ति निर्वाचन क्षेत्र पश्चिम् नवलपरासी आउनु भएका चौधरीले जिल्लाका विभिन्न समस्याका बारेमा सम्बन्धित निकायहरू सँग छलफल समेत गर्नु भएको छ ।”म मेरो भूमिकामा कहीँ कतै चुक्दिन यो क्षेत्रको विकासका लागि मैले सक्दो भूमिका निर्वाह गर्दछु “सांसद चौधरीले भन्नू भयो ।

२५ बर्ष देखि रोकिएको विकासले जनता आजित भएका छन् त्यसैले जनताले आफू प्रती तीव्र विकासको चाहाना राख्नु स्वभाविक रहेको चौधरीले उल्लेख गर्नु भयो ।”यतिका सम्म नवलपरासी विकासमा सधैँ पछि पर्‍यो म निर्वाचित भएको बल्ल एक बर्ष भएको छ एकै पटक सम्भव त छैन समय लाग्छ नतिजा देखिने गरी अघि बढेको छु “चौधरीले भन्नू भयो ।

बर्दघाट नगरपालिकामा ट्रमा सेन्टर र भुताहा आम्बास सडक निर्माणको पहलका लागि सांसद चौधरीको ठूलो भूमिका रहेको वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले बताउनु भयो ।भुताहा आम्बास सडक निर्माणका लागि सङ्घीय सरकारबाट रु ५ करोड बजेट बिनियोजन भएको छ ।

चौधरीले जिल्लाका सम्बन्धित सरकारी निकायका प्रमुखहरू सँग यस क्षेत्रको डुबानको समस्या,कृषकका समस्या,सडक पूर्वाधार लगायतका विषयमा छलफल गरि निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न गर्न अनुरोध गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button