तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती नदिमा बाढीको बहाव बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

शनिवारदेखि लगातार परिरहेको बर्षाका कारण नदिको बहाव बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी र पहिरोका कारण मेलम्ची बाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध भएको हो । यसका साथै मेलम्ची बाट पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पनि पाँचपोखरी थाङपाल(८ खाल्डे खोलामा बन्द भएको छ ।

मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बि एड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए ।

अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सुचारु गर्ने बताउँदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको बहाव बढेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button