तपाईँ सुन्दै हुनुहुन्छः

मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव राम कार्कीले जानकारी दिनुभयो ।

सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि मन्त्री मोदीलाई फिर्ता बोलाइएको हो । जनमत पार्टीले सांसद अनितादेवी शाहलाई मन्त्री बनाउने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button