बेलुन निल्दा बालकको मृत्यु
सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा एक बालकले बेलुन खेलाउने क्रममा निल्दा मृत्यु भएको छ ।
खेल्नका लागि फुलाउने क्रममा फुलेर फुट्दा मुखभित्र बसेको र निल्न पुग्दा इनरुवा नगरपालिका २ का मनोज साहका तीन वर्षीय छोरा गोलु सुमन साहको मृत्यु भएको हो ।
उपचारका लागि अस्पताल लगिएकोमा बालकको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
एक्लो छोराको बेलुन निलेर मृत्यु भएपछि परिवार शोकमा डुबेको छ । स्वास्थ्यकर्मीहरुले बेलुन बालबालिकाका लागि फुलाउन मात्रै नभई खेल्न समेत घातक भएकाले त्यसबाट जोगाउन आग्रह गरेका छन् । बेलुन फुलाउने क्रममा फुट्दा मुखभित्रै पस्ने सम्भावना बढी हुने र निकाल्न नसकेपछि निसासिएर मृत्यु हुने गरेको बताइन्छ ।








प्रतिक्रिया राख्नुहोस्