तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

तनहुँ  । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । 

तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटक पटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button