तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा घुसको रकम र चेक सहयोगी सहित इन्जिनियर पक्राउ 

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको धनुषाको शहिदनगर नगरपालिकाका इन्जिनियर सहित दुई जनालाई घुसको रकम सहित आज पक्राउ गरेको छ । 

अख्तियारको टोलीले विशेष सूचनाको आधारमा उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनु भएको छ । 

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ । 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button