धुलिखेलमा सडक भासिएर पुरिएकी महिलाको उद्धार

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ८ तिरतिते धारा नजिकै कच्ची सडक भाँसिदा स्थानीय कान्छी माया तामाङ पुरिनुभएको छ ।
३० वर्षीय तामाङ हिँडिरहेको बेला सडक भासिँदा पुरिनुभएको हो । तामाङलाई प्रहरीले उद्धार गरेको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उहाँको मुखमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
यसैबीच अविरल वर्षासँगै विस्तार भइरहेको धुलिखेल-खावा सडकको ठाउँ ठाउँमा पहिरो खसेर आवातजावातमा कठिनाइ भएको छ ।
पकुचादेखि धुलिखेलसम्मको क्षेत्रमा सबैभन्दा बढी जोखिम देखिएको छ। नालीको निकास राम्रोसँग नहुँदा सडकबाटै भल बगिरहेको छ । माथिबाट पहिरो र लेदो ठाउँ ठाउँमा खस्दा आवातजावातमा समस्या भएको हो ।








प्रतिक्रिया राख्नुहोस्