तपाईँ सुन्दै हुनुहुन्छः

एमालेलाई देशको अर्थतन्त्र र जनताको दैनिकीको चिन्ता छ : अध्यक्ष ओली

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा रुचि नभई देशको अर्थतन्त्र र जनताको दैनिकीको चिन्ता भएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको  पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले   सरकार  नेपाललाई असफल मुलुक बनाउन लागेको आरोप लगाउनुभयो । 

एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले सुन काण्डमा सरकारको संलग्नता छैन भने छानविन समिति बनाउन डराउन नहुने बताउनुभयो  । संसद् देश र जनताका लागि काम गर्ने थलो भएको बताउँदै अध्यक्ष ओलीले देशको अर्थतन्त्र सरकारकै कारण ध्वस्त हुँदै गएको पनि बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button