तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभा सचिवमा पुन नियुक्ति

रुपन्देही । लुम्बिनी प्रदेश सभाको सचिवमा दुर्लभ कुमार पुन दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ। 

सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई नियुक्त गर्नुभएको हो । आइतबार बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गर्नुभयो । यसअघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा घर भएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत भई १७ वर्ष राजनीतिमा सक्रिय हुनुभएको थियो । ४८ वर्षीय पुनले  कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर  गर्नुभएको छ । 

उहाँ ६ वर्ष कानुन व्यवसायमा संलग्न रहनुभएको थियो । माओवादीभित्र उहाँको विकल्पमा अरू पात्र ल्याउन खोजिएपनि कानुनी दक्षता र अनुभवका आधारमा उनी बलियो रहेको र पार्टी नेतृत्वमा पनि उत्तिकै पहुँचमा भएकाले दोहोरिनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button