तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो धारणा सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्दै 

काठमाडौँ । समसामयिक राजनीतिक घटनाक्रम बारे  पार्टीको धारणा सार्वजनिक गर्न आज (आइतबार) नेकपा (एमाले)ले  पत्रकार सम्मेलन गर्दैछ ।  पार्टीले आज  दिउँसो १ बजे पत्रकार सम्मेलन गरी  धारणा सार्वजनिक गर्न लागेको हो ।  

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमार्फत वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोधलगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button