खोलामा टाउको मात्रै भेटिएका युवकको रानिगन्ज जंगलमा शरीर भेटियो
रानिगन्ज । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही पुलमुनि टाउको फेला परेको युवकको आज (शनिबार) अपराह्न रानिगन्ज जङ्गलमा शरीर फेला परेको छ ।
लालबन्दी नगरपालिका १७ रानिगन्जस्थित साहेबगन्ज क्रसरतर्फ जाने बाटो नजिक जङ्गलमा युवकको टाउको काटिएको शरीर फेला परेको हो । स्थानीयले टाउको नरहेको शरीर देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी कैलाश राईले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताउनुभयो ।
बिहीबार बिहान हरिवन नगरपालिका–४, सासापुरस्थित लखन्देही पुलदेखि करिब ५० मिटर दक्षिण अज्ञात युवकको टाउको मात्रै फेला परेको थियो । त्यो टाउको भारतीय युवकको रहेको भनी हिजो मात्रै सनाखत भएको थियो ।
भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेष राजको टाउको रहेको परिवारद्वारा शुक्रबार सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएको टाउको पोष्टमार्टमका लागिशुक्रबार दिउँसो काठमाडौं पठाइएको थियाे ।








प्रतिक्रिया राख्नुहोस्