तपाईँ सुन्दै हुनुहुन्छः

दूध डेरीमा आगलागी हुँदा तीस लाख बराबरको क्षति

पाँचथर । पाँचथरको फिदिममा दूध डेरीमा आगलागी हुँदा तीस लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

फिदिम नगरपालिका–२ लालिखर्क स्थित स्थानीय टिका राईले सञ्चालन गर्दै आएको ‘मिना दुधडेरी’मा शनिबार आगलागी भएको हो ।

आगलागी हुँदा डेरीभित्र रहेको १० क्विन्टल छुर्पी, घ्यु, दूध जाँच्ने सेनेलाइजर, डि– फ्रिज, ४० लिटर क्रिम, डेरी मेसिन, तौल मेसिन पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागी बाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button