मुगुमा खेलकुद गतिविधि न्युन
खेलाडी भन्छन् पूर्वाधार कहिले बन्ने ?
मुगु । विकासका विभिन्न पूर्वाधार अभावका कारण नेपालकै पछाडि पारिएको हिमाली जिल्ला मुगुमा खेलकुद गतिविधि न्युन देखिएका छन् ।
खेल खेल्ने इच्छा र चाहाना भएका दूर दराजका खेलाडीहरू खेल खेल्न चाहिने आवश्यक न्यूनतम पूर्वाधार लगायत खेलकुदसम्बन्धी आवश्यक दक्ष जनशक्ति अभावका कारण मुगुमा खेलकुद गतिविधि न्युन देखिएको हो ।

सामान्यतया खेलाडीहरूले खेल खेल्दै आएको श्री महाकाली नमुना माध्यमिक विद्यालयको साँघुरो चौरमा सम्बन्धित विद्यालयलाई अनुरोध गरि बिदाका दिनमा कहिलेकाहीँ भलिबल, फुटबल खेलको आयोजना गर्ने गरिएबाहेक अरू खासै खेल गतिविधि हुन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर मल्ले बताउनुभयो ।

जिल्लामा खेल गतिविधि अगाडि बढाउन र खेल क्षेत्रका माग पुरा गराउने विषयमा जिल्ला खेलकुद बिकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लको अगुवाइमा विभिन्न विधाका खेलाडीहरू सहितको र्यालीले सदरमुकाममा शुक्रवार दिउँसो निकालिएको र्यालीले मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएको थियो ।

उक्त ज्ञापन पत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी थापाले खेलाडी राष्ट्रका गहना भएका र खेल क्षेत्रको विकासबिना देशको बिकास नहुने भएको भन्नुहुँदै ज्ञापन पत्रलाई कर्णाली प्रदेश सरकार समक्ष पठाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्