तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकारको रक्षाका लागि मौलिक हकको कार्यान्वयनमा जोड

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको रक्षाका लागि मस्तिष्क र हृदयलाई साक्षी राखेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

सभामुख मण्डलले राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेशको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय “मानव अधिकारको विश्वव्यापी आवधिक पुनरावलोकनबाट प्राप्त सिफारिस र पाँचौँ राष्ट्रिय कार्ययोजना” सम्बन्धि छलफल कार्यक्रममा संविधानमा उल्लेखित मौलिक हकहरूको कार्यान्वयन गर्नका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक भएको बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कहिलेकाहीँ मानव अधिकारको रक्षा गर्ने क्रममा कसैको अधिकारको हनन हुने गरेकामा दुःख व्यक्त गर्दै त्यसलाई प्रशासनको बाध्यताको रुपमा लिइदिन आग्रह गर्नुभयो ।

सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्तमान संविधानमा रहेका मौलिक हक राज्यको क्षमताले भ्याएसम्म कार्यान्वयन गर्दै गएको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकारको रक्षाको विषयमा कर्पोरेट सेन्टरहरू पनि मानव अधिकारप्रति संवेदनशील हुन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button