भोजपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्दै, पर्यटन मन्त्रीद्वारा शिलान्यास
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भोजपुरको एक मात्र विमानस्थलमा बन्न लागेको सुविधा सम्पन्न नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गर्नुभएको छ ।

भोजपुर नगरपालिका , टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रवार मुन्दुम तथा सनातन विधि अनुसार शिलान्यास गर्नुभएको हो ।
त्यस क्रममा मन्त्री किराँतीले सुविधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनहरूमा ठुला जहाज उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

आरवी उर्वन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले निर्माण गर्न लागेको भवनको कुल लागत पाँच करोड ४५ लाख रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । आगामी डेढ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुने भवन एक सय जनाले एकै पटक उपयोग गर्न सक्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्