तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिको छलफल

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताउनुभयो । सो क्रममा राष्ट्रपतिले संसद्को जारी अवरोधबारे चासो राख्नुभएको थियो ।

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो । भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button