तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति निवासमा आज उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । “उहाँले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गर्नुभयो”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button