तपाईँ सुन्दै हुनुहुन्छः

लखन्देही खोलाकाे पुलमुनी पुरुषको टाउको भेटियो

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका स्थित लखन्दैही खोला किनारमा बीभत्स अवस्थामा टाउको फेला परेको छ । 

बिहीबार बिहानै हरिवन नगरपालिका–४, स्थित पूर्वपश्चिम लोकमार्ग अन्तरगत लखन्देखी खोला पुल मुनी शरीरबाट छुट्ट्याएको अवस्थामा टाउको फेला परेको हो । घटना स्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

तत्काल हत्या गरेर फालेको जस्तो देखीएपनि शवको टाउको सोही ठाउँमा हत्या पछि फलिएको हो ? वा अन्यत्रबाट खोलाले बगाएर ल्याएको भन्ने बारे नखुलेको प्रहरी जनाएको हो । फेला परेको टाउकोको प्रकृति हेर्दा भर्खरै हत्या गरेर फालेको जस्तो देखिएको एक प्रहरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button