तपाईँ सुन्दै हुनुहुन्छः

शीत भण्डार सञ्चालनको पर्खाइमा किसान

नवलपरासी ।पश्चिम् नवलपरासीको सुस्ता,प्रतापपुर र सो क्षेत्रका कृषकहरू सुस्ताको वडा नम्बर ४ नर्सहिमा निर्माण सम्पन्न भएको शीत भण्डार (चिस्यान केन्द्र) सञ्चालनको पर्खाइमा छन् ।

निर्माण सम्पन्न भएको ८ महिना बितिसकेपनी शीत भण्डार सञ्चालनमा आउन सकेको छैन।शीत भण्डार वरिपरि तारबार गर्न बाकी नै रहेकाले सुरक्षित रुपमा सञ्चालन गर्ने उद्देश्यले केही ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो ।चालू आर्थिक वर्षमा आवश्यक बाह्य पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको उपाध्यायको भनाई छ ।”केही बाकी काम छन् सुरक्षाको पनि कुरा हुन्छ ,किसानका उत्पादन सुरक्षित हुनु जरुरी पनि छ,बल्ल बजेट बिनियोजन भएको छ अब चाडै नै सञ्चालन गर्ने हो “उपाध्यायले भन्नु भयो ।

लुम्बिनी प्रदेश सरकार र सुस्ता गाउँपालिकाको झण्डै ५ करोड लागतमा उक्त शितभण्डार निर्माण गरिएको हो ।शीत भण्डार ५ सय मेट्रिक टन क्षमताको रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिकामा मुख्य बालिको रुपमा केरा र उखु खेती हुँदै आएको छ ।”पाकेको केरा राख्न जहाँसम्म सम्भव छैन होला तर आलु प्याज लगायत अन्य बेमौसमी,मौसमी तरकारी लगाएर स्टोर गरेर किसानले लाभ लिन सक्ने छन्,जसरी पनि कृषकले लाभ लिउन भन्ने उद्देश्य हो”पालिका अध्यक्ष उपाध्यायको भनाई छ ।

यता जिल्ला केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले भने किसानका सवालमा स्थानीय तहहरुले दीर्घकालीन योजना बनाउन नसक्दा कृषि क्षेत्रमा उल्लेख सुधार हुन नसकेको बताउनु भयो ।”शीत भण्डार निर्माण त भयो त्यसको उपयोगीताका बारेमा किसानलाई ज्ञान पनि त दिनु पर्‍यो “यादवले भन्नू भयो ।शीत भण्डार निर्माणका बेला तत्कालीन समयमा यहाँ को उत्पादित बाली र अन्य बालिको सम्भाव्यताको अध्ययन गरि सोही आधारमा शीत भन्डार निर्माण गरिनु पर्ने यादवले बताउनु भयो।”नहुनु भन्दा त भएकै धेरै राम्रो,चाँडो सञ्चालनमा आओस् “यादवले भन्नू भयो ।

५ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको सञ्चालनका लागी मासिक ७० देखि ९० हजार रकम बराबरको विद्युत् खपत हुने प्राविधिकहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button