तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखा।  दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । 

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । 

केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button