तपाईँ सुन्दै हुनुहुन्छः

पोखराका अधिकांश विद्यालय ३ दिन बन्द हुने

पोखरा । केही समय यता देखि आँखा पाक्ने रोगको सङ्क्रमण देखिएपछि पोखराका अधिकांश संस्थागत तथा सामुदायिक र मन्टेश्वरी विद्यालयहरू ३ दिन बन्द हुने छन् ।

पोखरा महानगरपालिका भित्रका संस्थागत विद्यालय २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय भोलीदेखि बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफल पछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

पोखरा क्षेत्रमा एक सातादेखि आँखा पाक्ने रोग कनजन्टिभाइटिस तीव्र रुपमा फैलिएको पाइएको छ भने हाल पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा मानिसमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको र विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटेका कारण साउन २४ देखि २६ गतेसम्म ३ दिन स्थानीय बिदाबाट कट हुने गरी विद्यालय बन्द हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button