तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पन्छाएपछि नारायणगढ –मुग्लिन सडक सुचारु 

चितवन । कालीखोलामा खसेको पहिरो पन्छाएपछि  नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर  ६ स्थित कालीखोला पुल नजिक  बिहान सवा पांँचबजे पहिरो गएको थियो ।

सवा ९ बजे पहिरो पन्छाएपछि अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button