तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु, ५ जना बेपत्ता

मकवानपुर । मकवानपुरमा सोमबार राति गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ, भने, ५ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा गएराति गएको पहिरोले घर बगाउँदा एकै परिवारका एक जनाको मृत्यु भएको र ५ जना बेपत्ता भएका हुन् ।  गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । पहिरोमा परि घरमा राति सुतिरहेका अक्कलबहादुर, उनका श्रीमती शान्तिमाया, ज्वाइँ जीवन पहरी, छोरी शिला स्याङ्तान र दुई जना नातिनातिना पुरिएका हुन् । 

स्थानीयले बिहान सबेरै शान्तिमायालाई पहिरोबाट उद्धार गरेका थिए । तर स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा उनको मृत्यु भएको उहाँले बताउनुभयो । पहिरोमा परि बेपत्ता अन्य ५ जनाको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको छ । पहिरोले घरको जगसहित बगाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button