तपाईँ सुन्दै हुनुहुन्छः

मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन माग

जनकपुरधाम । मैथिली भाषालाई मधेश प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई ज्ञापनपत्र र हस्ताक्षर सङ्कलन सहितको ब्यानर बुझाइएको छ । अप्पन विराटगढ परोपकार समाज सहितका संस्थाले प्रदेशका विना विभागीय मन्त्री सुरिता साहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै समाजकी अध्यक्ष वसुन्धरा झाले मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारिस गरेको बताउँदै हिन्दीलाई कामकाजी भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । मधेश प्रदेशमा बहुसङ्ख्यक मैथिली भाषाभाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उहाँहरूको भनाइ छ ।

अध्यक्ष झाले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा सखिबहिनपा मैथिलानी समूह, मैथिली विकास कोष लगायतका संस्था समेतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button