पोखरा क्षेत्रमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थाल्यो
सचेत रहन चिकित्सकको सुझाव
पोखरा । पोखरा क्षेत्रमा विगत ५ दिनदेखि आँखा पाक्ने रोगको सङ्क्रमण बढेकोले सचेत रहन चिकित्सकहरूले सुझाव दिनुभएको छ ।
हिमालय आँखा अस्पताल घारी पाटन पोखरामा हिजोआज दैनिक जसो १२/१३ सय जना बिरामीहरू आँखा परीक्षण गर्न आउने र जसमध्ये अधिकांश आँखा पाक्ने समस्याका बिरामीहरू भएको प्रा.डा.इन्द्रमान महर्जनले बताउनुभयो ।
उहाँका अनुसार आइतबार अस्पतालमा १ हजार ३ सय र सोमबार १ हजार २ सय ८० जना बिरामीहरू आँखा परिक्षण गर्न आउनुभएको थियो । सामान्यतया दैनिक जसो ४ सय जना बिरामीहरू आँखा परिक्षण गर्न आए पनि विगत ४/५ दिनदेखि आँखा पाक्ने रोगको सङ्क्रमणका कारण तेब्बर जसो बिरामीहरू अस्पताल आउने गरेको प्रा.डा. महर्जनले बताउनुभयो ।
आँखा पाक्ने रोग सरुवा रोग भएकोले सावधानी अपनाउन र सरसफाइमा ध्यान दिने उहाँले आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्