तपाईँ सुन्दै हुनुहुन्छः

दाङको घोराही–लमही सडक अवरुद्ध

दाङ ।दाङको घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा सडक माथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण आज बिहान सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार गतबर्ष असोजमा ठुलो बर्षाका कारण पहिरो खसेको ठाउँ बाट अहिले पहिरो खसेकाले सडक अवरुद्ध हुन पुगेको हो ।

अहिले सडक सुचारुका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिले जेसीभि लगाएर सडक पन्छ्याउने काम भइरहेको छ ।सडक अवरुद्ध हुँदा घोराही–लमही सडक खण्ड भएर चल्ने छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button