तपाईँ सुन्दै हुनुहुन्छः

वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ भदौ तेस्रो सातामा हुने

काठमाडौँ । ललितपुर किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ ।

प्रतियोगिता भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका ११ स्थित प्याङ्गाउँ खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६५, ७५ र खुल्ला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

टिम च्याम्पियन बन्ने टोलीलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै कराँते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button