तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

सल्यान ।सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेकी हुन् । बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगी अनुसन्धान गरि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button