तपाईँ सुन्दै हुनुहुन्छः

विदेश नीति र रक्षा नीतिको सन्दर्भमा सबै पार्टीको धारणा एक हुनुपर्छ : मन्त्री साउँद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउँदले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र एकतालाई आधार बनाएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट प्रमाणीकरण गर्नेकार्यको आज काठमाडौँमा शुभारम्भ गर्नुहुँदै मन्त्री साउँदले कुनै पार्टीको अमूख विचारलाई आधार बनाएर नभई मुलुकको सार्वेपरीहितलाई केन्द्रमा राखी परराष्ट्र सेवा र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट दिने बनाउँदा दूर दराजमा रहेका नागरिकले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री साउँदले नेपाल शान्तिपूर्ण मुलुक हो भन्ने छिमेकी राष्ट्र र विश्व समुदायलाई जानकारी रहेको भन्नुहुँदै विदेश नीति र रक्षा नीतिको सन्दर्भमा सबै पार्टीको धारणा एक हुनुपर्ने बताउनुभयो ।

मन्त्री साउँदले आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button