तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो

रोल्पा । रोल्पाको बुढागाउँमा रहेको रोल्पा सिमेन्ट उद्योगले लामो समय देखि विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले विद्युत् लाइन काटेको छ ।

रोल्पा सिमेन्ट उद्योगले वैशाख १२ गते १ करोड २० लाख रकम विद्युत् महसुल बुझाएको थियो । बाँकी तिर्नुपर्ने रकम प्रत्येक महिना किस्तामा तिर्ने दुई पक्षबीच सहमति भएता पनि सिमेन्ट उद्योगले महसुल नतिरेपछि लाइन काट्न बाध्य भएको र महसुल तिरेपछि पुन: लाइन जोडिदिने नेपाल विधुत प्राधिकरण रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर साहले बताउनुभयो ।

रोल्पा सिमेन्टले विधुत प्राधिकरणलाई ७ करोड १८ लाख ३५ हजारभन्दा बढी महसुल बुझाउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button