तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा बैङ्किङ कसुरका घटना बढ्दै

कास्की । कास्की जिल्लामा आ.व २०७९/०८० मा एक हजार सात सय ३४ मुद्दा दर्ता हुँदा  सबैभन्दा बढी बैङ्किङ कसुर सम्बन्धि मुद्दा दर्ता भएका छन् ।

 जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको एक वर्षे कार्य विवरणअनुसार अघिल्लो वर्षको तुलनामा बैङ्किङ कसुर सम्बन्धि मुद्दा बढेको हो । 

कुल मुद्दाको २९.८२ प्रतिशत बैङ्किङ कसुर सम्बन्धि मुद्दा रहेको छ । 

कास्कीमा मात्रै ५१७ बैङ्किङ कसुरका मुद्दा परेका हुन् । २०७८ सालमा कास्कीमा एक सय ४९ बैङ्किङ कसुरका मुद्दा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार बिकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कास्कीमा अनलाइनमार्फत ठगीका घटना समेत बढ्न थालेका छन् ।  पछिल्लो समय अनलाइन ठगी गर्ने नयाँ माध्यम बन्दै गइरहेको छ । कास्कीमा एक वर्षमा ४ सय २ वटा अनलाइन ठगीको उजुरी परेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजुरी परेको छ । बर्दीको दुरुपयोग गरी टिकटक बनाउने ४९ प्रहरी कारबाहीलाई कारबाही गरिएको जनाएको छ ।

कास्कीमा एक वर्षमा ४ सय २ वटा अनलाइन ठगीको उजुरी परेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजुरी परेको विकले बताउनुभयो । बिकले बैङ्किङ कसुरमा ठगिएको रकम कति भनेर तथ्याङ्क निकाल्न समय लाग्ने जनाउनुभएको छ ।  । उता अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ विकले भन्नुभयो, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाखभन्दा बढी ठगी गरेको पाइएको छ ।’

पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताउनुभयो  । 

कास्कीमा सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अमर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ उजुरी २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जालमार्फत अमर्यादित कुराकानी गरेको उजुरी दिइएको तथ्याङ्क उल्लेख छ । 

यस्तै, कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारबाही गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button