तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा लम्पी स्क्रिन रोग नियन्त्रणका लागि कार्ययोजना अघि बढाउने 

धनगढी  । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले लम्पी स्क्रिन रोग नियन्त्रणका लागि कार्ययोजना अघि बढाउने निर्णय गरेको छ । 

समितिका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र लम्पी स्क्रिन रोग नियन्त्रण कार्ययोजना २०८० माथि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले दुवै कार्य योजनालाई अघि बढाउने निर्णय गरेको बताइएको छ । बैठकमा मुख्यमन्त्री शाहले विपद व्यवस्थापनका लागि पूर्वतयारीमा रहन निर्देशन दिनुभयो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button