इलाममा डेङ्गी रोगको संक्रमण बढ्दै

इलाम । इलाममा महामारीको रुपमा फैलिएको डेङ्गी रोगको संक्रमण बढ्दै गएको छ ।
इलाम अस्पतालसहित जिल्लाका स्वास्थ्य केन्द्रमा साउनयता दिनहुँ जस्तो यस्ता बिरामीको चाप बढेको छ ।
कोसी प्रदेशमा फैलँदै गएको डेङ्गीको संक्रमण इलाममा पनि बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २० जना डेङ्गीका बिरामी फेला परिसकेका छन् ।
इलामबाट सिधैँ झापा लगायतका जिल्लामा रहेका अस्पतालमा पनि बिरामी जाने गरेकाले यो सङ्ख्या अरू बढी हुने अनुमान गरिएको छ ।
सदरमुकामस्थित जिल्ला अस्पतालमा पनि भाइरल जन्य रोगका बिरामी आउने क्रम बढेको जनस्वास्थ्य निरीक्षक टिका लुइँटेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्