झापामा नागरिकता वितरणमा लगाइएको ‘पालो प्रणाली’ हटाइयो

भद्रपुर, झापा । जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरणमा लगाएको ‘पालो प्रणाली’ हटाउने निर्णय गरेको छ ।
नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भएसँगै नागरिकता लिनका लागि भीड बढेपछि झापा प्रशासनले असार १३ गतेदेखि स्थानीय तहहरूलाई साप्ताहिक रुपमा पालो मिलाएर नागरिकता वितरण गरिरहेको थियो ।
तर, अब भीड कम भएकोले यही साउन २१ गतेदेखि लागू हुने गरी पालो प्रणाली हटाएर पहिलो आउनेलाई पहिलो सेवा दिने ‘टोकन प्रणाली’ अवलम्बन गरिने जिल्ला प्रशासन कार्यालय झापाले आज जारी गरेको सूचनामा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्